नागढुंगा-नौबिसे सडक आजदेखि चार घण्टा बन्द

काठमाडौं । नागढुंगा-नौबिसे सडक सोमबारदेखि राति चार घण्टा बन्द गरिने भएको छ । त्रिभुवन राजपथको नागढुंगा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले सडक बन्द गरिने भएको हो ।

नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले एक सूचना जारी गरी सोमबारदेखि वैशाख ३१ गते सम्म राति ११ बजेदेखि ३ बजेसम्म सवारी आवागमन बन्द गरिने जनाएको हो । काठमाडौँबाट जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ ।

रोकिएका सबै सवारीसाधनलाई बिहान ३ बजेपछि मात्र छाडिने जनाइएको छ। एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने निर्वाध रूपमा सञ्चालन हुने सुचनामा उल्लेख छ । आयोजनाले सीतापाइला-भीमढुंगा-रामकोट-धार्के सडक तथा सामाखुशी-टोखा-गुर्जेभञ्ज्याङ छहरे-त्रिशूली-गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री