सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य आज प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ८८ हजार १०० रुपैयाँमा कायम भएको छ । हिजो अर्थात मङ्गलबार सुनको मूल्य १ लाख ८८ हजार ८०० रुपैयाँ थियो ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार चाँदीको मूल्य १ हजार ९७० रुपैयाँ थियो ।

अन्तरराष्ट्रिय बजारको कुरा गर्ने हो भने, त्यहाँ सुनको मूल्य प्रतिऔँस करिब ३,३१० अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप