अश्लील बोलेको छैन : पूर्वमन्त्री आले

काठमाडौं  । नेकपा (एकीकृत समाजवादी) का सांसद तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले आफूले प्रतिनिधिसभामा अभद्र भाषा प्रयोग नगरेको दाबी गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले प्रयोग गरेको भनिएको शब्दविरुद्ध केही सञ्चारमाध्यमले अश्लील टिप्पणीको आरोप लगाएको भन्दै मंगलबारको बैठकमा उनले त्यसप्रति गम्भीर आपत्ति जनाए ।

“पार्टीको दबाब सहन नसकेर त्यो मुन्छेलाई डीजी बनाउनु पर्‍यो भनेर बोलेको हुँ। मैले अश्लील बोलेको होइन,” सांसद आलेले स्पष्टिकरण दिंदै भने, “मैले बोलेको कुरा राम्रोसँग सुन्नुस, बुझ्नुस् अनि मात्रै समाचार लेख्नुस् ।”

उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचारबारे संसदमा आवाज उठाउँदा आफ्नो विरोधमा हल्ला चलाइएको आरोप पनि लगाए । “भ्रष्टाचारको विरुद्ध बोलेको हुँ, त्यसैको प्रतिशोधमा मेरो बोलीलाई तोडमोड गरिएको छ,” उनले भने ।

सांसद आलेले संसदीय मर्यादा भित्रै रहेर बोलेको बताउँदै सञ्चारकर्मीहरूलाई अभिव्यक्ति सन्दर्भबारे सटीक र जिम्मेवार रूपमा रिपोर्टिङ गर्न आग्रह गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री