संघीय संसद् बैठक : चार विधेयक कार्यसूचीमा

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विभिन्न महत्वपूर्ण विधेयकमाथि छलफल र निर्णय प्रक्रिया अघि बढाइने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रिय सभाबाट आएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् । त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको भन्सार विधेयक, २०८०’ प्रतिनिधिसभामा छलफलका लागि प्रस्तुत गर्दै पारित गराउने प्रस्ताव अघि बढाउनेछन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया पनि सक्रिय रहनेछन्। उनले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ छलफलका लागि प्रस्तुत गर्नेछन् । साथै, मन्त्री चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१’ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची समेत रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री