काठमाडौं । नेपाली बजारमा कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार तोलामा ६ हजार ९ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च रेकर्ड बनाएको सुनको मूल्य आज (बुधबार) प्रतितोला ७ हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन तोलाको १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया




