काठमाडौं । फोर्स गाडीको ठक्करबाट पैदल यात्री जुम्लाको कालीबहादुर बुढाको मृत्यु भएपछि वीरेन्द्रनगरमा तनाव भएको छ । सोमबार मृतकका आफन्तहरूले उचित क्षतिपूर्ति र गाडी चालकलाई कारबाहीको माग गर्दै वीरेन्द्रनरको यरीचौकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।
आइतबार बिहान कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको गाडीले जुम्लाको हिमा गाउँपालिकाका ५५ वर्षीय कालीबहादुर बुढालाई ठक्कर दिएको थियो । गाडीले ठक्कर दिएर घाइते भएका कालीबहादुरको उपचारको क्रममा मृत्यु भएको थियो । उनका आफन्तहरू आइतबारदेखि नै आन्दोलन गरिरहेका छन् ।
आइतबार सामान्य प्रदर्शन गरेका मृतकका परिवारले सोमबार यरीचचौकमा टायर बालेर सडक बन्द गरेर आन्दोलन गरिहेका छन् । सडक बन्द गरेर प्रदर्शन गरेपछि सर्वसाधारणलाई आजतजावतमा समस्या भएको छ ।
तपाईंको प्रतिकृया




