धरमपानीमा विद्युतीय गाडी दुर्घटना हुँदा दुई महिलाको मृत्यु, १४ जना घाइते

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित कान्ती लोकपथमा भएको एक गम्भीर सवारी दुर्घटनामा दुई महिलाले ज्यान गुमाएका छन् ।

काठमाडौँबाट हेटौंडातर्फ गइरहेको बा.प्र ०१-००६ ख ७०७२ नम्बरको विद्युतीय गाडी राति करिब १ बजे सडकबाट झण्डै २ सय मिटर तल खसेको थियो । दुर्घटनामा परी रौतहटको दुर्गाभवानी गाउँपालिका-५ की ५० वर्षीया निलमदेवी राउत र सर्लाहीको बागमती गाउँपालिका-७ की १३ वर्षीया मानुसी मगरको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त गाडीमा चालकसहित १६ जना सवार थिए । दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्, जसमध्ये ११ जनाको अवस्था मध्यम छ भने २ जना गम्भीर छन् ।

प्रहरीका अनुसार, घाइतेहरूको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । चालक सर्लाहीको बागमती गाउँपालिका-५ का २९ वर्षीया कमल बहादुर दर्लामी टाउकोमा चोट लागेको छ । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी राखेको जनाएको छ  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री