कांग्रेसको महिला संघका २० जनाले दिए सामूहिक राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघका केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् । बुधबार २० जना सदस्यहरूले सामूहिक राजीनामा दिएका हुन् ।

संगठन अस्तव्यस्त बनेको भन्दै विवाद मिलाउन गरेको आग्रह नेतृत्वले नसुनेपछि राजीनामा दिएको महिला संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राजीनामा दिनेहरू शेखर–गगन पक्षका हुन् । जसमध्ये चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा।अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा।सिता घिमिरे, तारा थपलिया, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गीता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वती आचार्यलगायत छन् ।

यसअघि उनीहरूले चार बुँदे माग राख्दै पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री