रामेछापबाट लुक्ला उडेको जहाजमा प्राविधिक समस्या, काठमाडौं फर्काएर अवतरण

काठमाडौं । रामेछापबाट लुक्लातर्फ उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक रूपमा काठमाडौंमा अवतरण गराइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका स्रोतका अनुसार जहाजमा हाइड्रोलिक प्रणालीमा समस्या देखिएपछि सुरक्षाका दृष्टिकोणले त्यसलाई काठमाडौं फर्काइएको हो ।

हाइड्रोलिक समस्या देखिएपछि जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा केही समय रोकिएको थियो । उक्त समयमा अन्य उडान तथा अवतरणहरूलाई अस्थायी रूपमा रोकिएको थियो । जहाजमा १४ जना यात्रु थिए ।

विमानलाई सुरक्षित रूपमा धावनमार्गबाट हटाएपछि नियमित उडान र अवतरण पुनः सुरु गरिएको विमानस्थल प्रशासनले जनाएको छ । हाल उक्त जहाजको प्राविधिक निरीक्षण भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप