तीनकुने प्रकरण : शंख फुकेर भिड उत्तेजित पार्ने मनोज सापकोटा पक्राउ

काठमाडौँ । राजावादी आन्दोलनमा प्रदर्शनकारीलाई उत्तेजित बनाएको अभियोगमा मनोज सापकोटा पक्राउ परेका छन् । बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई पक्राउ गरेको हो ।

सिरहा मिर्चैया नगरपालिका– ६ का ४६ वर्षीय स्थायी बासिन्दा सापकोटा हाल भक्तपुरको लोकन्थलीमा बस्दै आएका थिए । एसपी जीसीका अनुसार उनले राजावादी प्रदर्शनलाई हिंसात्मक बनाउने सिलसिलामा मञ्चमै गएर अपिल गरेका थिए ।

‘अगाडि बढ्नुस्, यहाँ जनताले गोली खाइसक्यो, अश्रुग्याँस खाइसक्यो, अब सडकमा जाऔँ, यहाँ भाषण गर्ने होइन’ उनले मञ्चमा शंख फुक्दै भनेका थिए ।

सो पश्चात् प्रदर्शनकारीहरू झनै उत्तेजित बने । पक्राउ पछि उनले प्रहरीलाई आफू ‘वीर गोर्खाली मिडिया’ को अध्यक्ष बताएका छन् ।

प्रहरीले आवश्यक कानुनी कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री