काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ ।
बिहीबार कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बरालको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
उनले गत १५ चैतमा सहयोगीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका थिए ।
उनलाई गत वर्षको फागुन १० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिवि उपकुलपतिमा नियुक्त गरेका थिए ।
तपाईंको प्रतिकृया




