पूर्व प्रेमिकासँग प्राइभेट फोटो/भिडियो लिक गर्ने धम्की दिने युवक पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले ललितपुर महानगरपालिका–४, शान्तिपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारीलाई प्रेमिकालाई निजी तस्वीर र भिडियो प्रयोग गरी ब्ल्याकमेल गरेको आरोपमा पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनी आफ्नी पूर्वप्रेमिकासँगको सम्बन्ध बिग्रिएपछि ती तस्वीर र भिडियो दुरुपयोग गरेको र ती सामग्री सार्वजनिक गर्ने धम्की दिएको आरोपमा पक्राउ परेका हुन्।

उक्त घटना सम्बन्ध विग्रिएपछि बाहिर आएको हो, जसमा आयुषले प्रेम सम्बन्धका बेला खिचिएका निजी तस्वीर र भिडियो प्रयोग गरी पीडितलाई त्रसित बनाएको र ती सामग्री सामाजिक सञ्जालमा राख्ने धम्की दिएको आरोप छ।

साइबर ब्यूरोले ललितपुरबाट उनलाई पक्राउ गरेको हो र काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार ऐनअन्तर्गत ४ दिनको अनुसन्धान म्याद दिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री