काठमाडौं । नेपालका लागि सीएफमाेटाे तथा जिहाेकाे आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८२ साललाई लक्षित गर्दै आफ्नो जिहाे ईभी स्कुटरमा अफर ल्याएको छ।
सेन्टरले यसपालि नयाँ खरिद गर्ने ग्राहकहरुलाई मात्रै अफर लक्षित नभई जिहाे ईभी चढ्दै गरेका हालका ग्राहकले समेत आफ्ना साथीभाइ र नजिककालाई रिफर गर्दा समेत १ वर्षको एएमसी प्याकेज निःशुल्क पाउने जानकारी दिएको छ।
यसका साथै नयाँ स्कुटर खरिद गर्ने ग्राहकहरूले चाहि सिधै २० हजार नगद छुट पाउनेछन्।
हरेक हप्ता उक्त हप्तामा खरिद गर्ने ग्राहकहरु मध्ये एक जना भाग्यशाली विजेताले उल्लेखित छुट रकम बराबर थप रकम छुट पाउनेछन्।
त्यसैगरी अफर सकिएपश्चात् लक्की ड्रमार्फत आफूले खरिद गरेको रकमको ५० प्रतिशत रकम फिर्ता पाउने लगायतका अफर समेत उपलब्ध छन्। यो अफर आगामी चैत २४ देखि लागू भई वैशाख ३१ सम्म रहनेछ।
नेपाली बजारमा जिहो ब्रान्डका ईभी स्कुटर हाल धेरैको रोजाइमा पर्न सफल ब्रान्ड बनेको छ। हाल यसका एई४, एई६ प्लस र एई८ गरी तीन मोडल रहेका छन्।
हाल उपत्यकाभित्र नक्साल, झम्सिखेल तथा सल्लाघारी र उपत्यका बाहिर नुवाकोट बट्टार र हेटौंडामा यसका शोरुममार्फत यसको बिक्री–वितरण भइरहेको छ।




