न्दोलन गन्तव्य नजिक रहेको रवीन्द्र र धवलशम्शेरको भनाइ

काठमाडौं । हिरासतमा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्शेर राणाले राजसंस्था पुनर्स्थापनाको आन्दोलनलाई निरन्तर जारी राख्ने बताएका छन् । उनीहरूले मंगलबार अदालतमा म्याद थप गर्न उपस्थित गर्दा आन्दोलनका बारेमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

रवीन्द्र मिश्र र धवल शम्शेर राणाले एकसाथ भने, ‘हाम्रो आन्दोलन जारी छ ।’ यस क्रममा प्रहरीको निगरानीमा म्याद थप गर्न अदालतमा उपस्थित गरिएका मिश्र र राणाले आफ्नो समर्थक र शुभचिन्तकलाई जनआन्दोलनको नेतृत्वकर्ताले ‘थम्ब्स अप’ इशारा गर्दै आश्वस्त पार्न चाहेका थिए ।

यसअघि, राप्रपाका महामन्त्री डा. धवल शम्शेर राणाले जननिर्वाचित सांसदको हैसियतले अदालतमा उपस्थित हुने क्रममा भनेका थिए, ‘चिन्ता नगर्नु, गन्तव्य नजिक छ ।’ उनले आफ्नो आन्दोलनलाई निर्णायक मोडमा पुर्याउने र राजसंस्थाको पुनर्स्थापना सुनिश्चित गर्ने विश्वास व्यक्त गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री