काठमाडौंको लाजिम्पाटमा हिँड्दाहिँड्दै करेन्ट लागेर एक पैदलयात्री गम्भीर घाइते भएका छन् । मंगलबार बिहान उत्तरढोका सडक किनारमा हिँडिरहेको बेला बिजुलीको पोलमा सट भएर करेन्ट लागेर रामेछापको बेथान-३ घर भएका राजु लामा घाइते भएका छन् । उनका दुबै खुट्टा जलेका छन् । लामाको बीर अस्पतालमा उपचार भइरहेको छ ।
तपाईंको प्रतिकृया




