प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान, को-को छन् टोलीमा ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड प्रस्थान गरेका छन् । औपचारिक भ्रमण र बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आज थाइल्यान्डको बैंकक तर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा गएका हुन् । ओली थाइल्यान्डको औपचारिक भ्रमण गर्ने पहिलो प्रधानमन्त्री समेत हुन् ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा थाई प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता हुने र पर्यटन तथा संस्कृतिका सन्दर्भमा दुईवटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । साथै दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्र बीचको ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने प्रधानमन्त्रीले सोमबार संसद्मा जानकारी गराएका छन् ।

द्विपक्षीय वार्तापछि थाई समकक्षीसँगै संयुक्त प्रेस ब्रिफिङमा भाग लिने र थाई राजासँग भेटवार्तापछि थाइल्याण्डको एक दिने औपचारिक भ्रमण समाप्त हुनेछ । प्रधानमन्त्री ओली २३ चैतमा स्वदेश फर्किनेछ ।

यस्तो छ भ्रमण टोली
१) प्रधानमन्त्री केपी शर्मा ओली
२) प्रधानमन्त्रीका धर्मपत्नी–राधिका शाक्य
३) डा. आरजु राणा देउवा–परराष्ट्र मन्त्री
४) विष्णुप्रसाद गौतम–शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय
५) दिवाकर खड्का–प्रमुख सेनानी, सम्माननीय प्रधानमन्त्रीका पाश्र्ववर्ती
६) विष्णुप्रसाद रिमाल–प्रधानमन्त्रीका मुख्य सल्लाहकार
७) डा. युवराज खतिवडा– प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार
८) एकनारायण अर्याल–मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
९) अमृतबहादुर राई–परराष्ट्र सचिव
१०) प्रा. डा. श्री दिव्या सिंह शाह– सम्माननीय प्रधानमन्त्रीका निजी चिकित्सक
११) राजेश बज्राचार्य–सम्माननीय प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव
१२) तापस अधिकारी– सहसचिव, दक्षिणपूर्व एशिया तथा प्रशान्त महाशाखा, परराष्ट्र मन्त्रालय
१३) ज्ञानबहादुर मगर–सहसचिव, क्षेत्रीय सहयोग संगठन महाशाखा, परराष्ट्र मन्त्रालय
१४) अम्बिका जोशी–उपसचिव, दक्षिणपूर्व एशिया तथा प्रशान्त महाशाखा
१५) विवेक रिजाल–उपसचिव, क्षेत्रीय सहयोग संगठन महाशाखा, परराष्ट्र मन्त्रालय
१६) कमल रावल–माननीय परराष्ट्र मन्त्रीका स्वकीय उपसचिव
१७) ऋचा भट्टराई–शिष्टावार अधिकृत, परराष्ट्र मन्त्रालय
१८) प्रकाश सिलवाल–वरिष्ठ संवाददाता, रा.स.स.
१९) कृष्ण खड्का, प्रहरी निरीक्षक, सम्माननीय प्रधानमन्त्रीका सुरक्षा अधिकृत
२०) सुदीप बुढाथोकी–क्यामेरामेन, नेपाल टेलिभिजन
२१) दिनेश भण्डारी–प्रधानमन्त्रीका निजी फोटोग्राफर
२२) जयश्री शाक्य–प्रधानमन्त्रीका निजी सहयोगी (Valet)
२३) अनिता सिंह–माननीय परराष्ट्रमन्त्रीका निजी सहयोगी (Valet)

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री