सिटिजन्स बैंकको कामु सिइओमा गणेशराज पोखरेल

काठमाडाैँ । सिटिजन्स बैंकको कामु सिइओमा गणेशराज पोखरेल नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको बैठकले उनलाई आजबाट लागु हुने गरी कामु सिइओको जिम्मेवारी दिएको हो।

सिइओ राजन सिंह भण्डारीको कार्यकाल २०७५ पौष १६ गते समाप्त हुने भएको र उनी आजबाट विदामा बसेपछि पोखरेललाई नियुक्त गरिएको बैंकले जनाएको छ।

साथै बैंकले सेवानिवृत भएका भण्डारीको विगतको लामो समयको वैङ्किङ्ग अनुभव र कार्यदक्षतालाई वैंकले सदुपयोग गर्ने गरि आजबाटै लागु हुने गरी वैंकको संचालक समितिको प्रमुख सल्लाहकारमा नियुक्त गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री