चिर्पटले हानेर नातीले गरे हजुरबुवा र हजुरआमाको हत्या

बैतडी । बैतडीमा नातीले आफ्नै हजुरबुवा र हजुरआमाको हत्या गरेका छन् । सुर्नया गाउँपालिका–७ पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका हजुरबुवा गगन कुँवर र ७६ वर्षकी हजुरआमा नारु कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए ।

लोकेन्द्रले शनिबार बिहान घरमै दाउराको चिर्पटले हानेर उनीहरुको हत्या गरेको गिरीले बताए । लोकेन्द्रको सन्तुलन ठीक नभएको भन्ने बुझिएको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस