काठमाडौँ । भिसाले सञ्चालन गरेको ‘Dashain Campaign 2024’ अन्तर्गत कुमारी बैंकका ग्राहकहरू मध्य गोकुल थापाले पहिलो स्थान हासिल गरि विजेता बन्न सफल भएका छन् । त्यसैगरि कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि विजेता भएका छन् ।
भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर बैङ्कहरूबाट टप २५ जना भिसा कार्ड प्रयोगको आधारमा विजेता छानिएको थियो ।
विजेताहरूले २ जनाको लागि विदेश भ्रमणको दुईतर्फी हवाई टिकट प्राप्त गरेका बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




