प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत गरी नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो तथा टेवल क्यालेन्डर सार्वजनिक गरेको छ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले काठमाडौँ, कमलादीस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा क्यालेन्डर सार्वजनिक गरेका हुन्। कार्यक्रम आइतबार सम्पन्न भएको हो।

क्यालेन्डर सार्वजनिक गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रत्येक वर्षझैँ यस वर्ष पनि तिथि–मिति र सार्वजनिक बिदाहरू समेटिएको भित्तेपात्रो समयमै प्रकाशित गरेको बताए।

उनका अनुसार क्यालेन्डरमा सम्पूर्ण बिदाहरू, व्रतपर्व, चाडबाडलगायत जानकारी समावेश गरिएको छ, जसले बीमित, ग्राहक तथा सरोकारवालालाई सुविधा पुग्नेछ।

२०८२ सालको भित्तेपात्रो तथा टेवल क्यालेन्डर आजैदेखि वितरण सुरु गरिएको छ। देशभर रहेका शाखा कार्यालय तथा बीमा अभिकर्तामार्फत यो क्यालेन्डर ग्राहकलाई प्रदान गरिनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप