काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छन् ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको बुधवार बसेको सञ्चालक समितिको ६१८ औं बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम स्वतन्त्र सञ्चालक पदमा शोभा श्रेष्ठ लाई नियुक्त गरेको हो ।
हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा पृथ्वी बहादुर पाँडे को अध्यक्षतामा प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य, दिपंकर शाक्य उदय, कवि कुमार टिवरेवाला, शालिक राम बेल्बासे र शोभा श्रेष्ठ सञ्चालक समितिमा छन् ।
तपाईंको प्रतिकृया




