जाडोमा औँला सुन्निने समस्याबाट कसरी बच्ने ?

काठमाडौँ । जाडो बढेसँगै धेरैले हात खुट्टाका औँला सुन्निने समस्या झेल्न थालेका छन्।यो समस्यामा पुरुषको दाँजोमा महिला वढी पर्ने गरेका छन्। चिकित्सकीय भाषामा ‘चिलब्लेन्स’ भनिने यो समस्याले बुढापाका र बालबालिकालाई समेत सताउने गरेको छ।

‘हातखुट्टा मात्र नभई, नाक, कानको लोती, गाला, तिघ्रा, नितम्ब, नली हाड आदिमा समेत यो समस्या हुने गर्छ,’ धुलिखेल अस्पतालका छाला रोग तथा सौदर्य विशेषज्ञ डा.धर्मेन्द्र कर्णले भने।

यो खासै ठूलो समस्या नभएकाले यसको उपचार आवश्यक नरहेको उनले बताए।

यो समस्याबाट कसरी जोगिने?

चिसोबाट बच्नुस्।

धुमपान नगर्नुस्।

पानी प्रतिरोधी जुत्ता लगाउनुस्।

दुई तीन तह भएको न्यानो पार्ने लुगा लगाउनुस्।

बाक्लो मोजा, पञ्जा उपभोग गर्नुस्।

हात, खुट्टा, अनुहारलाई सुख्खा र न्यानो राख्नुस्।

कार्यस्थल र घरलाई उपयुक्त रुपमा न्यानो पार्नुस्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री