काठमाडौं । नेपाल बीमा प्राधिकरणको महिला सञ्चालक पदमा राधा पोखरेल नियुक्त भएकी छन् । सरकारले प्राधिकरणमा रिक्त रहेको सो पदका लागि पोखरेललाई चार वर्षका लागि चयन गरेको हो ।
बीमा ऐन २०७९ अनुसार व्यवस्था गरिएको महिला सञ्चालक पदका लागि पोखरेलको नियुक्ति चैत १ गतेदेखि लागू हुनेछ ।
पोखरेल विशाल बजार कम्पनीको सञ्चालकसमेत हुन् । सेयर बजारमा अनुभवी तथा परिचित लगानीकर्ता भएकी पोखरेललाई बीमा क्षेत्रको नियमनकारी निकायमा जिम्मेवारी दिइएको हो ।
तपाईंको प्रतिकृया



