सिद्धार्थ बैंकले कमायो १ अर्ब ४१ करोड

काठमाडौं । सिद्धार्थ बैंकले एक वर्षमा १ अर्ब ४१ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । यो बैकले गरेको यस्तो नाफा गत आव २०७२/७३ वर्षको तुलनामा १३ प्रतिशतले बढी हो ।

यो नाफा गत वर्षको तुलनामा १६ अर्ब ३० करोड रुपैयाँले बढेको हो । यो बैंकले गत वर्ष १ अर्ब २५ करोड ५४ लाख रुपैयाँ कमाएको थियो ।

यो बैंकले गत असार मसान्तसम्ममा संचित कोषमा ३ अर्ब २८ करोड रुपैयाँ जम्मा गरेको छ । यो बैंकको असार मसान्तसम्मको पुँजी ६ अर्ब ६२ करोड रुपैयाँ छ ।

बैंकले असार मसान्तसम्ममा निक्षेप संकलन ७७ अर्ब ३१ करोड रुपैयाँ संकलन गरेको छ भने ६६ अर्ब ६ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले हालसम्म ११ अर्ब २७ करोड रुपैयाँ लगानी गरेको छ ।

बैंकको खराब कर्जा अनुपात १ दशमलव १५ प्रतिशत रहेको छ । बैकको प्रति सेयर आम्दानी २१ रुपैयाँ ३९ पैसा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनसेलको स्पष्टोक्ती- इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको छैन

काठमाडौँ । एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद नगरेको स्पष्ट पारेको छ । शुक्रवार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds