ओम डेभलपमेन्ट बैंकले एक वर्षमा ४३ करोड ३४ लाख रुपैयाँ नाफा कमायो

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले एक वर्षमा ४३ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैकले गरेको यस्तो नाफा अघिल्लो आव २०७२ ७३ को तुलनामा ४३ प्रतिशतले बढि हो ।

अघिल्लो वर्ष यो बैंकले २९ करोड ६५ लाख रुपैयाँ यस्तो नाफा आर्जन गरेको थियो ।  यो बैंकले गत असार मसान्तसम्मको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ छ ।

यसको उक्त अवधिसम्मको संचित कोषमा ७५ करोड ८६ लाख रुपैयाँ जम्मा गरेको छ ।

यो विकास बैंकले गत असार मसान्तसम्ममा निक्षेप संकलन १६ अर्ब ६ करोड रुपैयाँ संकलन गरेको छ भने १४ अर्ब ५ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले हालसम्म ६७ करोड ७१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा अनुपात शुन्य दशमलव ९० प्रतिशत रहेको छ ।

बैकको प्रति सेयर आम्दानी २६ रुपैयाँ ३७ पैसा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनसेलको स्पष्टोक्ती- इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको छैन

काठमाडौँ । एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद नगरेको स्पष्ट पारेको छ । शुक्रवार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds