काठमाडौँ । ‘साक्षर बनौँ, सक्षम बनौँ’ भन्ने मुलमन्त्र लाई आत्मसाथ गर्दै मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस फागुन महिनामा सातै प्रदेशहरूको विभिन्न स्थानका जनसमुदाय माझ वृहत् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम विशेष गरि कृषक, उद्यमी, महिला तथा युवा लाई लक्षित गरी आयोजना भएको थियो ।
यस कार्यक्रम अन्तर्गतव्यवसायिक योजनाको तयारी, बजारीकरणको सम्भावना, बजार व्यवस्थापनका रणनीति, व्यक्तिगत बजेट, पारिवारिक बजेट, आम्दानी खर्चको सन्तुलन, नगद प्रवाह, बचत परिचालन, कर्जा परिचालन, बिमा, विप्रेषण, डिजिटल बैंकिङ्ग सेवाहरू, डिजिटल माध्यम बाट हुनसक्ने रकम अपचलन, ग्राहकको अधिकार लगायतका विषय बस्तुहरू समेटिएको थियो ।
वृहत् वित्तीय साक्षरता कार्यक्रममा उपस्थित व्यक्तिहरूले यस्ता किसिमका कार्यक्रमले आफूमा भएका दुबिधाहरू हट्ने र भविष्यमा आईपर्ने जोखिमहरूलाई समयमा नै व्यवस्थापन गर्न सहजीकरण हुने आशय व्यक्त गरेका थिए ।
बैंकले आर्थिक सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गदै यस किसिमका कार्यक्रमहरू विगतमा पनि सञ्चालन गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने र यस किसिमको कार्यक्रमले जनमानसको बैंक वित्तीय संस्था प्रतिको नकारात्मक धारण हट्ने र वास्तविक सूचना जनसमुदाय माझ पुग्ने भएकोले यसको सकारात्मक प्रभावकारिता रहेको कुरा बैंकको धारणा छ ।




