काठमाडौँ । नेपालका लागि क्याटरपिलर हेवी ईक्विप्मेन्टको आधिकारी बिक्रेता बतास ट्रयाक्टर्स प्रालिले काठमाडाैंस्थित याक एण्ड यति होटलमा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित गरी सफल ग्राहक सम्मेलन सम्पन्न गरेको छ । उक्त कार्यक्रममा हाइड्रोपावर उद्योगका ५० भन्दा बढी ग्राहकहरूले सहभागिता जनाएका थिए । कार्यक्रममा क्याटरपिलरको मेशिनरीको क्षमता र हाइड्रो परियोजनाहरूमा यसले ल्याउने दक्षता, नवीनता र प्रभावकारीताबारे प्रदर्शनी गरिएको थियो ।
हाल क्याटरपिलरका मेशिनरीहरू नेपालको हाइड्रो सेगमेन्टमा अग्रणी स्थानमा रहेकोमा सम्पूर्ण ग्राहकको विश्वास र समर्थनको लागि क्याटरपिलरका प्रमुख कम्पनी गेनवेल कमोशेल्स ईण्डियाका प्रमुख दीपक जोलीले धन्यवाद व्यक्त गरेका थिए । ग्राहकहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउन र निर्माण र हाइड्रोपावर प्रविधिमा नवीनतम प्रगतिहरू प्रदर्शन गर्न बतास ट्रयाक्टर्स सदैव तत्पर रहेको कम्पनीका कार्यकारी निर्देशक दिपेन्द्र मल्लले बताए ।
कार्यक्रममा हालै क्याटरपिलर मेशिनरी खरिद गर्ने ग्राहकलाई साँचो हस्तान्तरण गरिएको थियो । जसमा हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन, फेवा कन्स्ट्रक्सन, भूगोल इन्फ्रास्ट्रक्चर, सिउरी न्यादी, र बन्दन भगवती निर्माण सेवा जस्ता कम्पनीहरू समावेश थिए ।
उक्त कार्यक्रममा गेनवेल कमोशेल्स ईण्डियाका शेल्स हेड श्री आनन्द झाले क्याटरपिलर मेशिनरीहरूको प्राविधिक विशेषताहरू, लागत दक्षताको बारेमा विस्तृत जानकारी दिएका थिए । जसमा 320D3 GC, २०–टन, २३–टन, र २५–टनका एक्साभेटर, ब्याकहो लोडर, मोटर ग्रेडर जस्ता मोडेलहरू समावेश थिए । यस कार्यक्रमको मुख्य आकर्षण रहेको GC Series मेशिनरीहरूले कसरी हाइड्रोपावर परियोजनाहरूमा नवीनता र दक्षता ल्याउन सक्छ भन्ने बारेमा जोड दिँदै यस सिरिजले भारतमा हेवी इक्विपमेन्ट उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याएर आफूलाई प्रमाणित गरी सकेको समेत गेनवेल कमोशेल्स ईण्डियाका बिक्रि तथा प्रबन्धक निर्देशक मुकुल दिक्षितले बताए ।
क्याटरपिलरले २४ सै घण्टा सर्भिस र स्पेयर पाट्र्स समर्थन प्रदान गर्दै आएको र यसले दुर्गम स्थानहरूमा पनि मेशिनरीको परिवहनको लागि डिस्मान्टलिङ र हेलिकप्टर लिफटिगं जस्ता उन्नत समाधानहरू प्रदान गर्दै आएको क्याटरपिलरका सेवा प्रदायक कम्पनी ट्रयाक्टर्स नेपालका समनजीले बताए ।
बतास ट्रयाक्टर्स प्रालिका प्रबन्धक निर्देशक शान्तराज बतासले हाइड्रोपावर नेपालको आर्थिक विकासको आधारशिला रहेको र क्याटरपिलर मेशिनरीहरू हाइड्रोपावर परियोजनाहरूको अनौठा चुनौतीहरू पूरा गर्न पूर्ण रूपमा उपयुक्त रहेको जानकारी दिए । हाइड्रो परियोजनाहरूमा न्यूनतम डाउनटाइम र अधिकतम उत्पादकता सुनिश्चित गर्न कस्टमर सर्भिस अग्रिमेन्ट गर्न आग्रहका साथ सबै सहभागीहरूलाई आभार व्यक्त गर्दै सम्मेलन समापन गरिएको थियो ।




