काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सीप अनुसारको रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रिय कार्यालयमा आईतवार रोजगारको समस्या समाधानका बारेमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाली बजारमा भएका जनशक्तिमध्ये ८१ प्रतिशत बिना सीपको न्युनस्तरको श्रमशक्ति रहेको बताए ।
उनले पालमा सञ्चालन भएका उद्योगमा आवश्यक सीपसहितका जनशक्ति विदेशबाट आयात भइरहेको बताए । उनले विदेशमा बिनासिपको श्रमशक्ति माग भइरहेकाले नेपाली जनशक्ति विदेश जाने क्रम बढेको दाबी गरे । नेपालमा युवा जनशक्तिलाई सीप प्रदान गर्नुपर्ने वा सीप अनुसारको रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिए ।
तपाईंको प्रतिकृया



