अन्नपूर्णका महाप्रबन्धक मनोज अमेरिकाबाट सम्मानित

काठमाडौं । मिडिया व्यवस्थापनमा उत्कृष्ट कार्य देखाएको भन्दै अन्नपूर्णका महाप्रबन्धक मनोज अमेरिकाबाट सम्मानित भएका छन् ।

न्यूर्याक(अमेरिका)–मिडिया व्यवस्थापनमा उत्कृष्ट कार्यकौशल देखाउँदै दूरदर्शी नेतृत्व प्रदान गर्न सफल भएको भन्दै न्यूयोर्क राज्यका एसेम्बली मेम्बर डेभिड आई वेप्रिनले अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई सम्मानित गरेका हुन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अमेरिकाको न्यूयोर्कबाट संचालिन मिडिया हाउस त्रिवेणी टाइम्सको सिफारिसमा उनलाई वेप्रिनले लिखित सम्मान पत्र सहित सम्मान गरेका छन् ।

‘१५ वर्षदेखि बस्नेतको उत्कृष्ट कार्यकौशल र दूरदर्शी मिडिया व्यवस्थापनले गर्दा अन्नपूर्ण मिडिया नेटवर्कलाई अग्रणी नेपाली मिडिया हाउसको रुपमा चिनाउन अतुलनीय योगदान रहेको छ । यसका लागि म बस्नेतलाई सम्मान गर्दछु’ वेप्रिनले लिखित रुपमा प्रदान गरिएको सम्मान पत्रमा उल्लेख गरिएको छ ।

अन्नपूर्ण मिडिया नेटवर्क नेपालकै लोकप्रिय, उत्कृष्ट र प्रभावशाली मिडिया हाउस भएको भन्दै उनले प्रशंसा गरेका छन् ।

वेप्रिन सन् २०१० मा न्यूयोर्क राज्यको एसेम्बली मेम्बरमा प्रथम पटक निर्वार्चित भएका थिए ।

त्यसदेखि हरेक निर्वाचनमा एसेम्बली मेम्बरमा निर्वाचन जित्दै आएका छन् । उनी न्यूयोर्क राज्यको इन्सुरेन्स कमिटिको चेयरम्यान, कमिटी अफ बैंक, कमिटी अफ जुडीसरी, एसियन प्यासेफिक अमेरिकन ट्राक्सफोर्सको लगायतका राज्यको विभिन्न कमिटी सदस्य रही काम गरिरहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री