गगन थापा भन्छन्- सरकारले कुलमानलाई हटाउने प्रयास गरेर बदनामी कमायाे

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रयास गरेर बदनामी कमाएकाे बताएका छन् । थापाले सेवा निवृत्त हुन लागेका कुलमान घिसिङलाई हटाउने प्रयास गरेर सरकारले नचाहिने काम गरेकाे भन्दै बदनामी कमाएकाे बताएका हुन् ।

शनिबार सिन्धुली १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले घुमाउराे पारामा भने-यस्ता नचाहिने काम गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले रोक्नुपर्छ । उनले तीन–चार महिनामा घिसिङ सेवा निवृत्त हुने बताउँदै त्यसपछि अर्को व्यक्ति नियुक्त गर्न थापाले सरकारलाई सुझाव दिएका छन् ।

‘मैले बुझ्न सकेको छैन बदनियत हो कि ढंग नपुगेको, बेढंग हो ? तीन–चार महिनामा सेवानिवृत्त हुने, सेवानिवृत्त भइसकेपछि एउटा उपयुक्त मान्छे ल्याउने, त्यो संस्थाको नेतृत्व गर्न दिने,’ उनले भने, ‘सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको देखिन्छ । किचिकिच किचकिच गरिरहेको देखिन्छ । यस्ता कुराहरु ठिक होइनन् । उपयुक्त हुँदैनन् । यस्ता नचाहिने काममा कुनै पनि नेताहरु लाग्नुहुँदैन । मन्त्रीहरु नचाहिने काममा लागे भने रोक्ने काम प्रधानमन्त्रीको हो ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री