पूर्व युवराज पारस अस्पतालबाट डिस्चार्ज

काठमाडौं । पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । हृदयघात भएपछि आइतबार साँझ नर्भिक अस्पताल भर्ना भएका उनलाई बिहीबार बिहान डिस्चार्ज गरिएको हो ।

उनको एन्जियोग्राम गर्दा मुटुको धमनी बन्द भएको पाइएको थियो । त्यसलगत्तै पारसको कोरोनरी एन्जियोप्लाष्टी गरी स्टेन्ट प्रत्यारोपण गरिएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेका उनलाई एक सातापछि ‘फलोअप’मा बोलाइएको छ ।

उनलाई चौथो पटक हृदयघात भएको हो । यसअघि उनलाई सन् २००७, २०१३ र २०१९ मा पनि हृदयघात भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री