एमजी एस५ ईभी टेस्ट ट्राइभ : रेयर ह्विल ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सनले सेग्मेन्टमा विशेष

काठमाडौं । एमजी एस५ ईभी एसयूभीको रेयर ह्विल ड्राइभ र इन्डिपिन्डेन्ट सस्पेन्सको विशेषता टेस्ट ड्राइभमा अनुभव भएको छ । सिन्धुलीको भिमानदेखि डकाहसम्मको सडकमा बिहीबार पारामाउन्ट मोटर्सले एमजी एस५ ईभीको टेस्ट ड्राइभ आयोजना गरेको थियो ।

टेस्ट ड्राइभका लागि छानेको सडक कतै खाली, व्यस्त, घुमाउरो, पुल भएको र कुनै ठाउँमा बिग्रिएको पनि थियो । यसले उक्त सडकमा एस५ ईभीको एक्सिलिरेसन, स्टेबिलिटी, सस्पेन्सलगायत समग्र पर्फमेन्सको अनुभव गर्ने अपेक्षा कम्पनीका थियो ।

कम्पनीको अपेक्षा अनुसार टेस्ट ड्राइभमा एस५ ईभीको विशेषताको अनुभव चालक र सवारले गरेका छन् । ९९ किलोवाट क्षमताको मोटरले पछाडिको पाङ्ग्रालाई पावर दिएर गाडी चल्ने हुँदा यसले ह्यान्डिलिङ र एक्सिलिरेसनलाई राम्रो बनाएको छ ।

रेयर ह्विल ड्राइभको डिजाइनमा अगाडि र पछाडिको एक्सलको तौल अनुपात मिल्दा कर्नरिङमा स्टेबिलिटी, ह्यान्डलिङ र ट्र्याक्सनलाई बलियो बनाउँदै सहज अनुभव प्रदान गर्छ ।

७ सेकेण्डमै एक सय किलोमिटर प्रतिघण्टाको गति लिने एस५ को इन्डिपेन्डेन्ट सस्पेन्सनले बिग्रिएको बाटोमा पनि स्टेबिलिटीको राम्रो कन्फिडेन्स दिन्छ ।

बिग्रिएको वा उबडखाबड सडकमा हरेक पाङ्ग्रामा परेको असर त्यसैको सस्पेन्सले लिँदा गाडी कम हल्लिन्छ । यसले गाडीको स्टेबिलिटी उच्च बनाउँदै यात्रुलाई स्मुथ र कम्र्फट अनुभव दिन्छ ।

एमजीको पूर्ण विद्युतीय प्लेटफर्ममा बनेको एस५ ईभीको अर्काे विशेषता यसमा प्रयोग भएको विश्वकै सबैभन्दा पातलो एलएफपी ब्याट्री हो । ब्याट्री विश्वकै ठूलो ब्याट्री निर्माता सीएटीएलको सहकार्यमा बनेको हो ।

पातलो ब्याट्रीका कारण स्पेसियस इन्टेरियर र बाहिरको डिजाइनलाई आर्कषक बनाउन खोजेको छ । ४४७६ एमएम लम्बाई, १८४९ एमएम चौडाइ र १६२१ एमएम उचाईंको एस५ स्पेसियससँगै स्टाइलिस पनि देखिन्छ । गाडीको ह्विल बेस २७३० एमएम छ ।

डब्ल्यूएलटीपीका अनुसार ४९.१ किलोवाटआवर क्षमताको ब्याट्रीमा आउने एस५ ले ३४० किलोमिटर रेन्ज दिन्छ । ६२.२ किलोवाटआवर क्षमताको ब्याट्री रहेको भेरियन्टले भने ४३० किलोमिटर रेन्ज दिन्छ ।

गाडीमा १२.८ इञ्चको इन्फोटेनमेन्ट टचस्क्रिन र १०.२५ इञ्चको इन्फरमेसन क्लस्टर छ । गाडीको सिस्टममा टिकटक, युट्युब, च्याटजीपीटी र स्पोटिफाई इन्टिग्रेट गरिएको हुँदा मनोरञ्जनका राम्रा विकल्प छन् ।

पानारोमिक सनरुफ र यस सेग्मेन्टका अन्य गाडीमा जस्ता फिचर र प्रविधि गाडीमा छन् । ४९ किलोवाटआवरको ब्याट्री रहेको गाडीको मूल्य ४९ लाखभन्दा कम र ६२ किलोवाटआवरको ब्याट्री रहेको गाडीको मूल्य ५० देखि ६० लाख रहने अनुमान छ ।

यो सेग्मेन्टमा रेयर ह्विल ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सले एस५ लाई फरक स्थानमा राखेको छ । बलियो स्ट्रेन्थसँगै स्पेसियस इन्टेरियर र स्टाइलिस बाहिरी डिजाइनको एस५ ईभी मार्च पहिलो साता सार्वजनिक हुने पारामाउन्ट मोटर्सले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप