फाइल फोटो

घरमा आगो लाग्दा तीन बालबालिकाको मृत्यु

दाङ । दाङमा भएको आगलागीमा परि तीन जना बालबालिकाको मृत्यु भएको छ।

बंगलाचुली गाउँपालिका वडा नं. ८ गुराँसे निवासी नवराज पुनको घरमा आगो लाग्दा उनका ७ बर्षीय छोरा कृष्णबहादुर पुन, ५ बर्षीया छोरी अस्मिता पुन र २ वर्ष ६ महिनाकी छोरी अन्जु पुनको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट घरमा रहेका ७ वटा बाख्रा र ४ वटा गाई समेत जलेर मरेका छन् । दाङ जिल्ला प्रहरी प्रवक्ता एवम् डिएसपी रामप्रशाद घर्तीले पुनकी श्रीमती जीवना पुन १ बर्ष ४ महिनाको छोरा विरामी भएको हुँदा झारफुक गराउन भनि गाउँमा जाँदा अन्य तीन छोरा छोरीलाई घरमा एक्लै सुताएर गएको समयमा आगलागी भएको जानकारी दिए।

पुनको ४ कोठाको २ तल्ले फूसको छानोयुक्त कच्ची घरमा सोलारको व्याट्री पड्किएर उक्त आगलागी भएको प्रहरीले बताएको छ। बिहीबार साँझ ६ बजेतिर घरमा आगो लागेको थियो।

प्रहरी चौकी हाँसिपुरबाट गएको प्रहरी र स्थानीयको सहयोगमा रातको १२ बजेतिर मात्रै घरको आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ। घर मुली नवराज पुन भने घरमा नरहेको प्रहरीले जानकारी दिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एउटा ट्रकले गर्दा २२ घण्टा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । एउटा ट्रकका कारण अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट-बुटवल सडक २२ घण्टापछि पूर्ण …

प्रतिकृया दिनुहॊस