ईपीएलमा विराटनगर र चितवन तथा पाेखरा र काठमाडाैं भिड्ने

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग ईपीएल टी-ट्वान्टी क्रिकेटमा आज पनि दुई खेल हुँदैछ।अाज विराटनगर वारिवर्स र चितवन टाइगर्स तथा पोखरा राइनोज र काठमाडौं किङ्स ११ बीच प्रतिस्पर्धा हुनेछ।

टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगरले पृथु बास्कोटाको चितवनसंग खेल्नेछ। दुई टोलीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ।

दुवै टोलीका लागि आजकाे खेल महत्वपूर्ण रहेको छ।  विराटनगर ३ खेलमा दुई जितसहित ४ अंक जोडेर लिगको तेस्रो स्थानमा छ। आज चितवनलाई हराएर विराटनगर प्ले अफमा पुग्न चाहन्छ।

यता, अघिल्ला तीन खेलमा लगातार हार व्यहोरेको चितवन पहिलो जितको खोजीमा हुनेछ। र, प्ले अफको गणितीय सम्भावना बोकेको चितवन उक्त सम्भावनालाई जीवित राख्न चाहन्छ।

यस्तै आजै हुने दोस्रो खेलमा पोखराले काठमाडौंसंग खेल्नेछ। दुई टोलीबीचको खेल अपरान्ह १ बजे सुरु हुनेछ। यस खेल दुवैको लागि महत्वपूर्ण रहेको छ। पोखरा अघिल्ला तीन खेलको पराजयलाई अन्त्य गर्ने लक्ष्यमा हुनेछ। तर, बलियो काठमाडौंविरुद्ध पोखरालाई कठिन हुनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस