रुपन्देहीमा चाेटपटक लागेको अवस्थामा महिला मृत फेला

काठमाडौं । रुपन्देहीको सियारी गाउँपालिका–२ मा एक महिला मृत फेला परेकी छन् ।

बुटवल–बेथरी सडकखण्ड छेवैमा बायाँपट्टि अन्दाजी ४० वर्षकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सुरज कार्कीले जानकारी दिए ।

बिहीबार बिहान साढे ११ बजे जानकारी आउनासाथ घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको उनले बताए । उनका अनुसार महिलाको टाउकोमा चोट रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री