लोकतन्त्रमा संयन्त्रको शासन चल्दैन : शेखर कोइराला

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार एमालेकरण भएको टिप्पणी गरेका छन् । सरकारले सदनमा लगेका विधेयक, केन्द्र र प्रदेश हुँदै स्थानीय तहसम्म संयन्त्रमार्फत शासन गर्ने शैलीले कांग्रेसलाई प्रतिनिधित्व नगर्ने उनले बताएका छन् ।

मंगलबार काठमाडौंमा भएको नेपाल प्रेस युनियनका जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलामा उनले सरकार लोकतान्त्रिक शक्तिहरूको भन्न अफ्ठ्यारो पर्ने अवस्था आएको बताए । ‘यो सरकार एमालेकरण त भइराखेको छैन ?’, प्रश्न गर्दै कोइरालाले भने, ‘सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रताविरूद्ध छ । मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रताविरूद्ध छ ।’ उनले संयन्त्रमार्फत सरकार चलाउने अलोकतान्त्रिक अभ्यासको पनि विरोध गरे ।

‘केन्द्रमा सरकार सञ्चालन गर्ने संयन्त्र छ । प्रदेश हुँदै स्थानीय तहसम्म गठबन्धनको संयन्त्र पुगेको छ’, डा. कोइरालाले भने, ‘लोकतन्त्रमा संयन्त्रको शासन चल्दैन ।’ कोइरालाले यसअघिझै अध्यादेशलाई पनि लोकतान्त्रिक मान्न नसकिने बताए । संसद् नभएको समयमा अध्यादेश जारी गर्न मिल्ने भन्दै संसद्ले बनाउने सबै कानुन अध्यादेशबाट ल्याएर समृद्धि नआउने उनको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री