काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका प्रत्याशी नेत्र चापागाईँलाई पराजित गर्दै डा.भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।
पहिलो महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार चापागाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएको एक केन्द्रीय सदस्यले जानकारी दिए । यसअघि दुई उपाध्यक्षसहित २० केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । ९९ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारीसहित ७९ पदका लागि मतदान भएको थियो ।
तपाईंको प्रतिकृया




