देउवाले बोलाए भातृ संस्थाका अध्यक्षहरूको बैठक, महाधिवेशनबारे छलफल हुने

काठमाडौं – नेपाली कांग्रसेका सभापति शेरबहादुर देउवा भ्रातृ संस्थाको महाधिवेशन गराउन छलफल गर्दैछन् । आज छलफलका लागि सभापति देउवाले भातृ संस्थाका अध्यक्षलगायतको संयुक्त बैठक बोलाएका हुन् ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ । भातृ संस्थाको महाधिवेशनको समन्वय र सहजीकरण गर्न बनेको पार्टीको निर्देशक समिति र भातृ संस्थाका अध्यक्षको बैठक बस्ने तय भएको कांग्रेसले जनाएको छ ।

तदर्थमा रहेका भातृ संस्थाको महाधिवेशन गराउने विषयमा बैठकमा छलफल हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप