श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नयाँ शाखा काठमाडौंको बुढानिलकण्ठमा

काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले मसिंर २६ गते बुढानिलकण्ठ–८, हात्तीगौडामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याइएको छ । संस्थाले मसिंर २४ गते सल्यान जिल्लाको शारदा नगरपालिका–१, श्रीनगर तथा २६ गते बुधवार रुकुम (पश्चिम) जिल्लाको मुसिकोट नगरपालिका–४, सोलावाङ्गमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

हाल संस्थाले देशभरीका विभिन्न ११ स्थानबाट आफ्ना ग्राहकवर्गहरुलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।  निकट भविष्यमा काठमाडौं उपत्यका भित्रका अन्य २ स्थानमा समेत शाखा कार्यालय स्थापनाको तयारी भइरहेको बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री