नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस सेतीदोभान पुलबाट खस्यो

काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ सेती दोभानमा यात्रुवाहक बस दुर्घटना भएको छ । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको लु प्र ०३-००१ ख ००७७ नम्बरको बस बिहान पौने ५ बजेनिर सेती दोभानमा पुलबाट खोल्सामा खसेको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिइन् । उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अन्य यात्रु सकुशल छन् । ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिइन् । दुर्घटनामा केही यात्रु गम्भीर घाइते भएका छन् । घटनाको थप विवरण आउँन बाँकी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री