काठमाडौं । डिशहोम ‘राइड फर लाइफ २०२५’ सचेतना साइकल र्यालीमा इन्टरनेट पार्टनर बनेको छ। कम्पनीका अनुसार क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण पोष्ट र नेपाल क्यान्सर केयर फाउन्डेसनको सहकार्यमा यो र्यालीको आयोजना गर्न लागिएको हो।
‘राइड फर लाइफ २०२५’ सचेतना साइकल र्याली शनिबार बिहान साढे ६ बजेदेखि हुनेछ। हरेक वर्ष विश्व क्यान्सर दिवसलाई लक्षित गरेर अन्नपूर्ण पोस्ट्ले सचेतना साइकल र्याली गर्दै आइरहेको छ। यो १०औँ संस्करण हो।
‘रोग लाग्नुभन्दा लाग्नै नदिने भन्ने सन्देश प्रवाह गर्न क्यान्सरविरुद्ध सचेतना अभियान सञ्चालन गरिरहेका छन्।
तपाईंको प्रतिकृया




