पाथीभरा केबलकार विवाद : पक्राउ परेका १७ जना छुटे

काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका १७ जना रिहा भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले विभिन्न जिल्लाबाट पक्राउ परेका सबैलाई रिहा गरेको जानकारी दिए ।

ताप्लेजुङबाट ३, झापा दमकबाट ८ जना र धरानबाट ६ जना रिहा भएका हुन् । माघ १२ मा पाथीभरा क्षेत्रको बलुडाँडा र त्यसपछि झापाको दमक तथा सुनसरीमा भएको प्रदर्शनमा १७ जना पक्राउ परेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री