काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक दर्जन बढी घाइते भएका छन् । बिहीबार बिहान करिब ८ बजेर ४५ मिनेट जाँदा ग्यास विष्फोट हुँदा १४ जना घाइते भएका हुन् ।
घाइतेमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिए । उनकाअनुसार सानदार मःम पसलमा ग्याँस सिलिण्डर पड्किएको हो ।
घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको बुझिएको छ । गम्भीर घाइते उदयपुरका २४ वर्षीय संजोग मगरसहित पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ ।
तपाईंको प्रतिकृया




