रवि लामिछानेलाई हिरासतमा राख्न अदालतको आदेश

फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई हिरासतमा राख्न अदालतले आदेश दिएको छ । सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा लामिछानेलाई न्यायाधीश दयाराम ढकालको इजलासले हिरासतमा राख्न बुधवार आदेश दिएको हो ।

थुनछेक बहस नसकिएकोले भोलि(बिहीबार) १० बजे उपस्थित गराउने गरी लामिछानेलाई सुरक्षाकर्मीको जिम्मा लगाई जिल्ला प्रहरी कार्यालय पठाइएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए ।

साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा भएको ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध मङ्गलवार दायर मुद्दामा आजदेखि बहस सुरु भएको छ ।

आज सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्याौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित तीन जनाले बहस गरेका थिए भने जाहेरवालाको तर्फबाट अधिवक्‍ता रमेश काफ्‍लेले बहस गरेका थिए।

अब बाँकी जाहेरवालाका तर्फका वकिल र रवि लामिछानेका वकिलहरूले बिहीबार बहस गर्नेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री