हकप्रद शेयर निष्कासन गर्दै नेको इन्स्योरेन्स

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।

इन्स्योरेन्सले ४ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गर्नेछ। यस अनुसार, कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने जनाएको छ।

कम्पनीले हकप्रद शेयर निष्कासनका लागि माघ १८ गते बुकक्लोज गरेको थियो। यसका आधारमा, माघ १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदनको म्याद फागुन २८ गतेसम्म रहेको छ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री