काठमाडौं । सत्ता सहकार्यको प्रमुख दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार राम्रो काम गरिरहेको बताएका छन् । शुक्रबारबाट सुरु भएको संसदको हिउँदे अधिवेशनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने,सरकारले राम्रो काम गरिरहेको छ । ६ महिना प्रयाप्त समय नभएपनि यस अवधिमा राम्रा काम भएका छन्,थप राम्रा काम हुँदै जानेपनि छन् ।
उनले संविधान संसोधन राजनीतिक दलहको सहमतिबाट गर्नुपर्नेमा समेत जोड दिए । लोकतन्त्रको विकल्प लोकतन्त्र नै रहेको बताउँदै यसलाई नागरिकको जीवजसंग जोड्नुपर्ने उनले बताए । उनले नागरिकका सबै मौलिकहरु सुरक्षित गरिएको उनले बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने भन्दै यसको विकल्प खोज्ने नभई सुदृढ बनाउनुपर्ने बताए । ‘हामीले अवलम्बन गरेका सबै प्रणालीमा लोकतन्त्रका सबै गुण विद्यमान छन् । संसारका कमै देशमा रहेको समानुपातिक प्रणालीको प्रतिनिधित्व अपनाएका छौ । लोकतन्त्र अनुशासनको पद्धति पनि हो’, देउवाले भने, ‘लोकतन्त्रको विशाल छहारीमा शिक्षित समाज निर्माण गर्नुपर्छ ।’




