रविको मुद्दामा जवाफी बहस जारी, के आउँला आदेश ?

फाइल तस्वीर

काठमाडौं । सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबारदेखि जारी बहस आज सकिएको अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । रुपन्देही जिल्ला अदालतमा गत बुधबारबाट जारी थुनछेक बहस सकिएसँगै अहिले प्रतिवादीका तर्फबाट वकिलहरूले जवाफी बहस गरिरहेका छन् ।

त्यसपछि जाहेरवालाका वकिलहरूले जवाफी बहस गर्नेछन् । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले जवाफी बहस सकिएसागै थुनछेक आदेश गर्नेछ । श्रेस्तेदार ज्ञवालीका अनुसार लामीछानेका तर्फबाट आज दुई जना कानुन व्यवसायिले बहस गरेका छन् । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको बहस सकिएपछि अधिवक्ता राजेन्द्र सेढाईले बहस गरेका हुन् ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगीको बयानका लागि लामिछानेका तर्फबाट बहस गर्न १० जनाभन्दा बढी कानुन व्यवसायीले वकालतनामा बुझाएका थिए। आज थुनछेक आदेश आउन सक्ने सम्भावना रहेको श्रेस्तेदार ज्ञवालीले जानकारी दिए ।

थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन्। त्यसपछि अदालतले आदेश दिनेछ । आज थुनछेक आदेश आउन सक्ने सम्भावना रहेको श्रेस्तेदार ज्ञवालीले जानकारी दिए । पर्सा र चितवन लगायतका जिल्लामा पनि रविको मुद्धा विचाराधीन अवस्थामा छ । यसअघि उनी कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री