काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा विकास बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाइन प्लेटफर्महरू मार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने ई–कमर्स सेवाको सुरुवात गरेको छ ।
उक्त सेवा सुचारु गर्न चाहने विकास बैंकका डेबिट तथा क्रेडिट कार्डहोल्डर ग्राहकहरूले यस विकास बैंकमा सम्पर्क गरी आफ्नो कार्डमा ई–कमर्स सुविधा सुचारु गर्न सक्नेछन् जसबाट सुरक्षित, गुणस्तरीय एवं ग्राहकमैत्री अनलाइन भुक्तानीको अनुभव गर्न सकिने बैंकले जनाएको छ ।
अनलाइन मार्फत वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरूको यस विकास बैंकमा रजिष्टर गरिएको मोबाइल नम्बरमा OTP जाने व्यवस्था मिलाइएको हुँदा कारोबार थप सुरक्षित एवं गुणस्तरीय हुने विश्वास रहेको कम्पनीले जनाएको छ ।
हाल, गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएम साथै नवीनतम डिजिटल बैकिङ मार्फत सेवा प्रवाह गर्दै आइरहेको छ ।




