काठमाडाैं । टीभीएस नेपालले मेकानिक्सलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी गराउने भएको छ। नेपालभरबाट छानिएका ३ उत्कृष्ट मेकानिक्सलाई भारतको बेंगलुरुमा हुने प्रतिस्पर्धामा सहभागी गराउन लागेको हो।
नेपालमा टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले क्षेत्रीय प्रतिस्पर्धाबाट ३० जना छनोट गरेको छ। काठमाडौँमा ३ दिनसम्मको प्रतिस्पर्धाबाट छनोट गरी भारतमा पठाउने छ।
नेपालगन्ज, इटहरी, नारायणगढ र काठमाडौँमा क्षेत्रीय प्रतिस्पर्धा गरेको थियो। टीभीएस मोटर इन्डिया, जगदम्बा मोटरका प्रतिनिधिले उत्कृष्ट मेकानिक्स छनोट गर्दैछन्।
जगदम्बा मोटर्स नेपालले आफ्नो सर्भिसलाई उत्कृष्ट बनाउन प्रतिस्पर्धा गरेको जनाएको छ। मेकानिक्सलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी गराउँदा क्षमता वृद्धि हुने र उत्कृष्ट काम गर्न हौसला मिल्ने कम्पनीको दाबी छ।
नेपाली मेकानिक्सलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी गराउँदा उत्कृष्ट नतिजा ल्याउने गरेको कम्पनीले जानकारी दिएको छ।




