तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा आमाछोराको मृत्यु

काठमाडौं । तनहुँमा मंगलबार बिहान मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने आमा-छोरा भएको खुलेको छ । मंगलबार बिहान पृथ्वी राजमार्गमा पर्ने व्यास नगरपालिका-१२ तल्लो छिर्कनमा (बेलभन्ज्याङ) मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

सुरुमा पहिचान नखुलेका मृतकको पछि सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाले जानकारी दिए । मृत्यु हुनेमा मोटरसाइकल चालक तनहुँकै ऋषिङ गाउँपालिका-६ चालिसे घर भइ हाल व्यास नगरपालिका-५ पाटन बस्दै आएका १९ वर्षीय सन्दिप आले र मोटरसाइकलको पछाडि सवार उनकी आमा ४० वर्षीया मधुमाया आले छिन् ।

दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल हुस्सु लागेको बेला तीव्र गतिमा चलाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । ‘तीव्र गतिको मोटरसाइकल आफै अनियन्त्रित भएर सडकको बाँया साइटको कल्भर्टमा ठोक्किएर झण्डै आठ मिटर तल खसेको देखिन्छ,’ डीएसपी थापाले भने, ‘दुर्घटनामा आमा छोराको घटनास्थलमै मृत्यु भएको हो । हुस्सु लागेका कारण मोटरसाइकल दुर्घटना भएको आशंका छन् ।’

मृतकको शव प्रहरीले पोस्ट मार्टमका लागि अस्पताल लगेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी थापाले बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति …

प्रतिकृया दिनुहॊस